भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

Published on

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास निर्माण गर्न सकेका छैनन् । वि.सं. २०७७ भदौ १७ गते आएको बाढीले ढोरपाटन नगरपालिका-९, बोबाङमा ठुलो जनधनको क्षति पुर्‍याएको थियो । बाढी र पहिरोका कारण विस्थापित भएका १२६ भन्दा बढी परिवारमध्ये २० जनाले मात्र पुनर्निर्माणका लागि पहिलो किस्ता बुझेका छन् । सरकारी मापदण्ड पूरा गर्न कठिन भएपछि धेरै पीडितले दोस्रो किस्ता पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित सरोकारवालाको बैठकमा ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले विपतन्य समस्याका पीडित अझै घर बनाएर बस्न नसकेकाले राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सरकारी मापदण्ड झन्झटिलो हुँदा नगरपालिकाले आफ्नै नीति बनाएर घरबारविहीनलाई आवास निर्माणमा सहयोग गरिरहेको जानकारी दिनुभयो । यस्तै तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले अझै कतिपय पीडितको सूचीकरण नै हुन नसकेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले विपत् व्यवस्थापनको पूर्वतयारी र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालका अनुसार पेट्रोलियम पदार्थ र एलपी ग्यासको अभाव हुन नदिन तथा बजारमा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धताबारे नियमित अनुगमन गरिने छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...