हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

Published on

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्‍याएको छ। हावाहुरी र असिनाले खाद्यान्न तथा नगदे बाली नष्ट गरेपछि सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसान चिन्तित बनेका छन्। जिल्लाको उत्तरी क्षेत्रमा आइतबार दिउँसो र सोमबार राति दक्षिणवर्ती क्षेत्रमा परेको असिनापानीले मकै, गहुँ, खेसरी, मसुरो र तरकारी बालीमा क्षति पुर्‍याएको स्थानीय किसान शम्भु यादवले बताउनुभयो। असिनापानीले विशेष गरी इनरुवाको बबिया, जल्पापुर, मधेसा र हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, वसन्तपुर तथा देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा लगाइएका बालीनाली नष्ट भएका छन्।

इनरुवा नगरपालिका–९, बबियाका किसान जसलाल यादवको डेढ बिघामा लगाइएको मकैमा आंशिक र शिवनारायण यादवको दुई बिघामा लगाइएको मकै बाली पूर्ण रूपमा नष्ट भएको छ। यस्तै सत्रुघन यादवको १० कठ्ठाको गहुँ र विधानन्द यादवको मकै, तरकारी तथा प्याज बालीमा पनि असिनाले क्षति पुर्‍याएको छ। रामधुनी नगरपालिका–८ का भागवत ठाकुरलगायत धेरै किसानको मकै र गहुँ खेती सखाप भएको छ। स्थानीय किसान बुद्धिलाल मेहताका अनुसार बबिया क्षेत्रमा मात्रै करिब एक हजार बिघा जमिनको बालीमा क्षति पुगेको छ। इनरुवा कृषि शाखाका कृषि विकास अधिकृत कुवेर निरौलाले पालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ६० प्रतिशतमा मकै र ३० प्रतिशतमा गहुँ खेती गरिएको जानकारी दिनुभयो। असिनाका कारण धानचमर निस्किएका र सुत्ला च्यापेका मकै तथा बाला लाग्न लागेका गहुँ पूर्ण रूपमा नष्ट भएको उहाँको भनाइ छ। कृषि शाखाले क्षतिको यकिन विवरण सङ्कलन भइरहेको जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...