खानीगाउँमा नौ करोडको प्रशासकीय भवन निर्माण सम्पन्न

Published on

काठमाडौं । फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिका वडा नं. ५ खानीगाउँ झकलकमा निर्माण गरिएको उक्त भवन छिट्टै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। भवन निर्माणका लागि जुम्ले थान एण्ड आचार्य बिल्डर्स प्रा.लि., बागलुङसँग नौ करोड दुई लाख रुपियाँ लागतमा २०७८ भदौमा सम्झौता गरिएको थियो। सुरुमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि विभिन्न कारणले ढिलाइ भएको थियो। पटक–पटक म्याद थप गर्दै अन्ततः भवन निर्माण सम्पन्न गरिएको हो। नगरपालिकाका इन्जिनियर प्रविन गौतमका अनुसार भवनको सबै भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ। उहाँले भन्नुभयो, “भवनमा फिनिसिङ, झ्याल–ढोका जडान तथा रङरोगनका काम सकिएको छ। अब विद्युत् जडानको काम मात्र बाँकी छ, जुन एक–दुई हप्ताभित्र सम्पन्न हुन्छ।”

यो भवन सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र बाँकी ५० प्रतिशत नगरपालिकाको बजेटबाट निर्माण गरिएको हो। भवनमा स्तनपान कक्षसहित ४२ वटा कोठा रहनेछन्। नयाँ भवन अभावका कारण नगरपालिकाले लामो समयदेखि अस्थायी र साँघुरो संरचनाबाट सेवा सञ्चालन गर्दै आएको थियो, जसका कारण जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीलाई समस्या हुने गरेको थियो। नगरपालिकाका प्रमुख (मेयर) गंगाधर तिवारीले निर्माणमा ढिलाइ भए पनि भवन सम्पन्न हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो। उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीको लापरबाहीका कारण तोकिएको समयमा भवन सम्पन्न हुन सकेन। तर नगरपालिकाले निरन्तर दबाब र समन्वय गर्दै कामलाई अन्तिम चरणसम्म पुर्‍यायो। अब नयाँ भवनबाट सेवा सञ्चालन भएपछि नागरिकले सहज रूपमा सेवा पाउनेछन्।” भवन निर्माणका लागि आवश्यक ६० रोपनी ८ आना जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...