प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड

Published on

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ। नेपालगन्जमा बुधबार उच्च अदालत, नेपालगन्ज इजलास र बाँके जिल्ला अदालतको स्थलगत निरीक्षणपछि कानुन व्यवसायीहरूसँगको छलफलमा प्रधानन्यायाधीश सिंहले सुशासनको प्रत्याभूति दिलाउन न्याय क्षेत्र अझ जिम्मेवार र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। प्रधानन्यायाधीश सिंहले भन्नुभयो, “भदौ २३ र २४ को आन्दोलनपछि अदालतमा भएको आगजनीका कारण मिसिल जलेर न्याय सम्पादनमा ढिलाइ भइरहेको छ। त्यसैले सरकारी वकिल कार्यालयसँग समन्वय गरी मिसिल तत्काल तयार पार्न आवश्यक छ।”

उहाँले महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वसँग टेलिफोन संवाद गरी समन्वयका लागि पुनः आग्रह गर्नुभएको थियो। जलेका मिसिल पुनः तयार पार्न माथिल्लो तहमा महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालतबिच समन्वय भइरहेको उल्लेख गर्दै उहाँले तल्लो तहमा पनि सरकारी वकिल कार्यालय र अदालतबिच सहकार्य बढाउन निर्देशन दिनुभयो। अदालतले जनशक्ति उपलब्ध गराउने र सरकारी वकिल कार्यालयले मिसिल तयार पार्ने कार्यमा तदारुकता देखाउनुपर्ने उहाँको भनाइ थियो।

सो अवसरमा कानुन व्यवसायी वसन्त गौतमले मिसिल जलेका कारण न्याय सम्पादनमा समस्या उत्पन्न भएको भन्दै यसतर्फ प्रधानन्यायाधीश सिंहको ध्यानाकर्षण गराउनुभयो। उहाँले न्यायपालिकाभित्रका विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराउनुभएको थियो। छलफलमा अदालतमा मिसिल जलेको अवस्थामा छिटो न्याय सम्पादन कसरी गर्ने, न्यायमा सबैको पहुँच कसरी बढाउने तथा विकृति–विसङ्गति अन्त्यका उपायबारे केन्द्रित छलफल भएको कानुन व्यवसायीहरूले बताएका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...