महिला लिग : संकटाको विजयी सुरुवात

Published on

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ । ललितपुरको च्यासल मैदानमा बुधबारदेखि सुरु भएको लिगको पहिलो खेलमा संकटाले न्युरोड टिम (एनआरटी)लाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा संकटालाई जित दिलाउन विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले गोल गर्नुभयो । संकटाले दुवै हाफमा दुई दुई गोल गरेको थियो । लिगमा नौ टोलीको सहभागिता रहेको छ । जसमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट तथा बिच  फुटबल, संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ । यसअघि राप्ती एफसीसमेत १० टोली सहभागी हुने भनिए पनि एन्फाले अन्तिममा राप्तीलाई नखेलाएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...