रसुवामा ५५७ विद्यार्थी एसईईमा सहभागी हुने

Published on

काठमाडौं । चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रसुवा जिल्लाबाट ५ सय ५७ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका सूचना अधिकारी जीवन दाहालका अनुसार नियमिततर्फ ४ सय ७६ र गे्रड वृद्धितर्फ ८१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । यस वर्ष रसुवामा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ । निर्धारण गरिएका केन्दहरुमा रसुवा माध्यमिक विद्यालय, धुन्चे; स्यामेवाङफेल माध्यमिक विद्यालय,स्याफ्रुबेंसी; कालिका हिमालय माध्यमिक विद्यालय, कालिकास्थान; निलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार; निलकण्ठ नमुना माध्यमिक विद्यालय, जिवजिवे र गौतम बुद्ध माध्यमिक विद्यालय, फाल्चेत रहेका छन् ।

प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि निलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार र गोसाइँकुण्ड माध्यमिक विद्यालय, सरस्युमा परीक्षा केन्द« व्यवस्था गरिएको छ । यस अन्तर्गत नियमिततर्फ ५५ जना विद्यार्थी सहभागी हुनेछन् जसमा बोगटिटारबाट १९ र सरस्युबाट ३६ जना रहेका छन् । इकाइका अनुसार परीक्षा सञ्चालनका लागि आवश्यक उत्तरपुस्तिका लगायतका सामग्री तयारी अवस्थामा रहेका छन् । केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्न मिति निर्धारण गरी छिट्टै तालिम सञ्चालन गरिने सूचना अधिकारी दाहालले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...