नेविसंघको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

Published on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताउनुभएको छ । आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेविसंघले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको इतिहासबाट नेविसंघलाई अलग राख्ने हो भने इतिहास नै अपुरो हुने उल्लेख गर्नुभयो । वि.सं. २०२७ मा पञ्चायती कालरात्रि विरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलन सुदृढ बनाउन नेविसंघको स्थापना भएको स्मरण गर्दै उहाँले कतिपय सन्दर्भमा पार्टीले भन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको बताउनुभयो । पछिल्लो समय नेविसंघका गतिविधिलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताउँदै महामन्त्री घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र नयाँ दलहरूको उदयका बीच नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि दलको भ्रातृ संस्था रहने वा नरहने भन्ने कुरा पार्टीकै अधिकार क्षेत्रभित्रको विषय हो, तर यो संस्था पार्टीको सन्तान जस्तै हो ।”

नेपालमा ४० वर्षमुनिका झन्डै एक करोड २० लाख युवा जनमत रहेको तथ्य औँल्याउँदै उहाँले कुनै पनि राजनीतिक दलले यो जनमतलाई उपेक्षा गर्नु मूर्खता हुने बताउनुभयो । उहाँले नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाका विषयमा पनि पार्टीले समयमै संस्थागत निर्णय गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । आइतबार बिहान नेविसंघका कार्यकर्ताको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भएको र वर्तमान नेतृत्वले संगठनको गरिमामा आँच पुर्‍याएको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएको थियो । गणपूरक संख्याको न्यूनतम उपस्थिति समेत नभएको बैठकले निर्णय गर्नु अवैधानिक हुने उनीहरूको जिकिर छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...