बास्केटबल लिग : टाईम्सको लगातार पाँचौ जित

Published on

काठमाडौं । टाईम्स ईन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) मा पाँचौ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा टाईम्सले रोयललाई ९५–६१ ले हरायो । टाईम्सले २९–१७, १७–१४, २५–१८ र २४–१२ को नतिजा निकालेको थियो । टाईम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २४ स्कोर गर्नुभयो । लिगको पहिलो खेलमा गोल्डेनगेटसँग पराजित भएको टाईम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो । जितसँगै टाईम्सले ६ खेलबाट ११ अङ्क बनाएको छ । पाँचौ हार खेपेको रोयलको समान खेलबाट सात अङ्क छ ।

यसअघि अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्लेबक्स एरेनालाई १०२–८६ ले हराएको थियो । नेपाल बास्केटबल सङ्घ (नेबा) ले आयोजना गरेको लिगमा आठ टोलीको सहभागिता रहेको छ । डबल राउण्ड रोविनका आधारमा सञ्चालित लिगमा कूल ५६ खेल हुनेछ । लिगको विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि...

विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२...

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

काठमाडौं । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ...