विवादका कारण नेपाल र हङकङबिचको मैत्रीपूर्ण खेल रद्ध

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र चुलिएको विवादका कारण यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबिचको अन्तर्राट्रिय मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ । एन्फाले आइतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाउन स्वीकृति नदिएका कारण खेल रद्ध गर्नुपरेको जनाएको छ । एन्फाले राखेपसँग गत फागुन १० गते मैदान उपलब्ध गराउन र यही चैत ३ गते रङ्गशालाको फर्डलाइड, स्कोर बोर्ड र अन्य पूर्वाधार उपलब्ध गराई दिन पत्राचार गरेको थियो । नेपालले हङकङविरुद्धको खेललाई एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि तयारीको रूपमा लिएको थियो । तर पछिल्लो समय एन्फाको निर्वाचनलाई लिएर राखेप र एन्फाबिच विवाद चुलिएको छ । एन्फाले यही चैत १३ गते झापामा केन्द्रीय निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि उच्च अदालत र राखेपले अनुमति दिएको छैन । राखेपले बिहीबार मात्र एन्फालाई निर्वाचन रोक्न पुन: निर्देशन दिएको थियो । राखेपले पत्रमार्फत एन्फालाई निर्वाचनका सवै प्रक्रिया रोकेर तीन दिनभित्र लिखित जानकारी दिन निर्देशनसमेत दिएको थियो । 

एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायत पदाधिकारी भने ‘अर्ली इलेक्सन’ को नाममा जिल्ला, क्लब र प्रदेशको तहगत निर्वाचन नगरी पूरानै प्रतिनिधिलाई सामेल गराएर निर्वाचन गर्ने तयारीमा छ । नेम्वाङको गृह जिल्ला झापामा गरिन लागिएको निर्वाचनलाई विश्व फुटबल महासङ्घ (फिफ) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको भन्दै निर्वाचन नगरिए प्रतिबन्ध लाग्नेसमेत नेम्वाङ  पक्षले जनाउँदै आएको छ ।  यसअघि एन्फाले फागुन २८ गतेका लागि निर्वाचनको मिति तय गरेको थियो । त्यतिबेला तय भएको एन्फा निर्वाचन रोक्न निर्वाचन आयोगले  उल्लङ्घन हुनसक्ने देखिएको भन्दै निर्देशन दिएपछि रोकिएको थियो । यसपटक नेम्वाङलगायत पदाधिकारी जसरी पनि निर्वाचन गर्ने पक्षमा उभिएका छन् । एन्फामा अधिकांश क्लबहरू, जिल्ला र प्रदेशका पदाधिकारीले भने तहगत निर्वाचनको माग राख्दै विरोधका कार्यक्रम गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...