बालबालिकालाई तीन महिने प्रशिक्षण

Published on

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन, बाजा, खेल र वाचनकला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आदर्श कन्या निकेतन माध्यमिक विद्यालय, मंगल बजारमा सम्पन्न गरिएको प्रशिक्षणमा नेपालभाषा, साहित्य, संस्कृति प्रबर्धनको निम्ति आगामी आर्थिक वर्षमा पनि थप बजेटको ब्यवस्था हुने प्रमुखअतिथि ललितपुर महानगरपालिका वडा १२ का अध्यक्ष नारायण अवालेले बताउनुभयो । तुल्सीलाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालभाषा मंका खलः यलका अध्यक्ष महेन्द्र महर्जनले नेपालभाषाको विभिन्न खेलहरुबारे जानकारी मात्र नभइ खेल खेल्ने र खेलाउने तरिका पनि सिकाउन आवश्यक भएको बताउनुभयो । 

यल मंकाः खलःले आगामी दिनमा नेपालभाषा खेलसम्बन्धी पुस्तक तयार गर्ने बताउनुभयो । यस तालिमको समयमा साना–साना भाइबहिनीहरुको मोबाइल हेर्ने बानी हट्नुका साथै लोप हुन लागेको नेपालभाषा, साहित्य, संस्कृतिले निरन्तरता पाउनेमा प्रशिक्षित बालबालिकाका अभिभावकले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा आदर्श कन्या निकेतन माबिका प्रधानाध्यापक शैलेशबहादुर प्रधानले शुभकामना तथा बधाई मन्तव्य राख्नुका साथै प्रशिक्षित साना–साना भाइबहिनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...