अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

Published on

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक निर्माण कार्यलाई विशेष प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सम्बन्धित ठेकेदार कम्पनीहरूलाई काम यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ। स्थलगत निरीक्षणका क्रममा उहाँले सडक निर्माणमा भएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै निर्धारित समयसीमा र तोकिएको गुणस्तरअनुसार काम अगाडि बढाउन आग्रह गर्नुभयो। अधुरा सडकका कारण सर्वसाधारणले दैनिक समस्या भोग्नुपरेको उल्लेख गर्दै विकास निर्माणका काममा लापरवाही नगर्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ।

यसै क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोलस्थित वृद्धाश्रम तथा महिला सुरक्षा आवासको पनि निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा ज्येष्ठ नागरिक तथा आश्रयमा रहेका महिलालाई उपलब्ध सेवा सुविधामा सुधार गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो। त्यसैगरी जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन विभिन्न प्रहरी चौकीहरूको समेत निरीक्षण गरिएको छ। निरीक्षणका क्रममा जनताका आधारभूत समस्या छिटो समाधान गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले विकास निर्माण, सामाजिक सेवा तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अनुगमन कार्यलाई निरन्तरता दिइने जनाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...