नदीमा बेपत्ता भएका किशोर मृत फेला

Published on

काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ । आइतबार दिउँशो तिनाउ–३, स्थित ड्याम साइडको तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारत मेघालय ठाकुरद्वार नगर पञ्चायत वडा १८ बस्ने १७ वर्षका अमान अन्सारी मृत फेला परेका हुन् । अन्सारी पौडी खेलेको स्थानदेखि एक सय मिटर तल सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका अर्का किशोर फहरान अन्सारीको खोजी कार्य भइरहेको चौधरीले बताउनुभयो । खोजी कार्यमा प्रहरी, स्थानीय बासिन्दा, शसत्र प्रहरी लगायत खटेका छन् । भारतबाट नेपाल घुम्न आएका सात जना तिनाउ नदीमा पौडी खेलेका थिए । तीमध्ये दुई जना नदीमा बेपत्ता भएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...