दाङमा बरघरको अन्तर प्रदेश सम्मेलन हुने

Published on

काठमाडौं । दाङमा थारू समुदायको प्रथाजनित संस्था मटाँवा, बरघरहरूको सम्मेलन हुने भएको छ । मटावाँ, बरघर भलमन्सा संघको आयोजनामा यहि चैत २६ र २७ गते दाङको चखौरामा अन्तरप्रदेश सम्मेलन आयोजना गर्न लागिएको हो। संघका केन्द्रीय अध्यक्ष एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले उक्त सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न जिल्लामा संगठन विस्तारलाई पनि तीव्रता दिएको जनाएको छ। महासंघका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतलगायत जिल्लामा शाखा विस्तार भइसकेको छ।

संघले स्थानीय तहदेखि प्रदेश सरकारसम्म मटावाँ तथा बरघरसम्बन्धी ऐन निर्माण गर्न दबाब दिँदैआएको छ। सम्मेलनमा लुम्बिनी प्रदेशका करिब पाँचसय मटावाहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। यस्तै, सम्मेलनमार्फत संगठन सुदृढीकरण, अनुभव आदानप्रदान तथा समुदायका मुद्दामा साझा धारणा निर्माण गर्ने लक्ष्य लिएको संघका केन्द्रीय अध्यक्ष चौधरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...