गृहमन्त्रीद्वारा कर्मचारी र सुरक्षा निकाय सम्मानित

Published on

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ । सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको हो । मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  यस्तै काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूलाई पनि उहाँले सम्मान गर्नुभयो । मन्त्री अर्यालले निर्वाचनमा खटिने सबै कर्मचारी र सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी, सुरक्षा निकाय एवं सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न गरेर नयाँ मानक स्थापित गरिएको बताउनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ । यो पटकको निर्वाचनमा रक्तपात भएन र पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा पनि यसलाई कायम राख्न जरुरी छ ।” मन्त्री अर्यालले उत्साहवर्द्धक रूपमा निर्वाचन सफल बनाउन केन्द्रदेखि जिल्ला तहसम्मका सुरक्षा समिति, कमान्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीले खेलेको भूमिका ऐतिहासिक भएको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनमा खटिएका अधिकारीहरूको सृजनशीलता र क्षमता प्रशंसनीय रहेको बताउनुभयो । “विगतका कतिपय घटनामा नेतृत्वले वस्तुस्थिति नबुझी निर्देशन दिएका होलान् । तर यस पटक हामीले राम्रोसँग स्क्रिनिङ गरेर, निर्णयमा पुग्नुअगाडि धेरै विचार र समन्वय गरेका छौँ,” मन्त्री अर्यालले भन्नुभयो, “समन्वयात्मक निर्णयहरूलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायको भूमिका उल्लेखनीय छ ।” कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्माले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गर्नुभयो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न सकारात्मक परिणाम हासिल भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...