कैलालीमा बाटोमै शिशुको जन्म

Published on

काठमाडौं । कैलालीमा सुत्केरी पीडा लागेपछि स्वास्थ्य केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशु जन्म दिनुभएको छ। मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा बिकले सोमबार बाटोमै शिशु जन्म दिनुभयो। उहाँ प्रसुती गराउन बुढीआमदेखि फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्र आइरहनुभएको थियो। सोही क्रममा बाटोमा पर्ने जंगलमा नवजात शिशु जन्मिएको स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीले जानकारी दिनुभयो। स्वास्थ्य केन्द्रबाट खत्रीसहितका स्वास्थ्यकर्मीहरूले एम्बुलेन्समार्फत दुर्गा बिकलाई र शिशुलाई जन्मदिएको स्थानमा पुगेर सहयोग गरेका थिए। स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरूलाई डिस्चार्ज गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...