भूकम्पपीडित आवास नपाएपछि आक्रोसीत

Published on

काठमाडौं । जाजरकोट भूकम्पको तीन वर्ष नबित्दै पनि अझै पीडितहरू सुरक्षित आवासबाट वञ्चित रहँदा उनीहरू आक्रोसीत बनेका छन्। राष्ट्रिय विपद जोखीम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला स्तरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पीडितहरूले ठूला कार्यक्रम मात्र नभई तत्काल घर पुनर्निर्माणको माग गरेका थिए। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले भूकम्प पीडितका लागि हालसम्म भएका पुनर्निर्माण प्रयासहरूको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जिल्लाबाट माग आएपछि एक हप्ताभित्रै रकम पठाउन तयार छौं। सबै काम सरकारी नियमअनुसार मात्र गरिने भएकाले कार्यविधि उल्लङ्घन गरेर अघि बढ्न सकिन्न।” जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले स्थानीय तहका प्रमुखहरूको पर्याप्त सहभागिता नभएको प्रति दुःख व्यक्त गर्नुभयो। प्राधिकरणसँग प्राविधिक जनशक्तिको अभाव रहेकाले आवश्यक व्यवस्था गर्नुपर्ने प्रजिअको भनाइ थियो। उहाँले लाभग्राहीको विवरण सही ढंगले नपठाएपछि रकम निकासा हुन नसकेको गुनासो राख्नुभयो।

कार्यक्रममा भेरी–१ का मनोज विकले भन्नुभयो, “हामी तीन वर्षसम्म टहरामै बस्दै आएका छौं, सरकारले हेरेको छैन। कार्यक्रम मात्र हुँदैन, घर पुनर्निर्माण तुरुन्त सुरु गर्नुपर्छ।” नलगाड नगरपालिकाका प्रमुख डम्वरबहादुर रावतले पनि लामो समय छलफलमै मात्र गएका कारण काम ढिलाइ भएको र अब सबैको सहकार्यमा कार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो। नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले पनि भने, “सधैं बैठक र गोष्ठीमा मात्र नअल्झी, तत्काल काममा लाग्नुपर्छ। मृतक परिवारका घरहरूदेखि थालनी गरिनुपर्छ।” कार्यक्रममा प्राधिकरणका उपसचिव सुरेश सुनारले तीन तहको सरकारको समन्वय र सहकार्यबिना नागरिकका आवास निर्माण असम्भव भएकाले सबै एक जुट भएर काम अघि बढाउनुपर्ने बताउनुभयो। गोरखापत्र

spot_img

ताजा समाचार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं- नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका...

नेपाल प्रहरीको ३४औँ आईजीपी बने डा. मनोज केसी, दानबहादुर कार्की विशेष सुरक्षा सल्लाहकारमा सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

प्रहरी महानिरीक्षक दानबहादुर कार्की पदमुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्को...

इसराइललाई वार्षिक चार अर्ब डलर सहायता रोक्ने ट्रम्पको घोषणा

  काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइललाई दिँदै आएको वार्षिक करिब चार अर्ब अमेरिकी...