स्ट्राइकर ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया

Published on

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उहाँले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिनुभएको छ । साम्बाका अनुसार अकल्यान्डमा डा. साइमन र उहाँको टोलीद्वारा शल्यक्रिया गरेको थियो । खाडी क्षेत्रमा उत्पन्न तनावका कारण कतारस्थित अस्पेटार अस्पताल पुग्न समस्या भएपछि विशेषज्ञको सुझावमा न्युजिल्याण्डमै शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । चिकित्सककै निगरानीमा पुनस्र्थापना प्रक्रिया सुरु हुने र अवस्था सामान्य भएसँगै अस्पेटारमा निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

उपचारका क्रममा सहयोग पुर्‍याउने वेलिङ्टन र अकल्यान्डस्थित नेपाली समुदाय, आफू आवद्ध क्लब वेलिङ्टन फिनिक्स तथा व्यवस्थापन टिमप्रति सामाजिक सञ्जाल मार्फत आभार व्यक्त गर्नुभएको छ । साम्बाको घुँडाको एसीएलमा राखिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा चोट लागेकाले जटिल शल्यक्रिया आवश्यक परेको थियो । शल्यक्रियाका लागि अनुमानित ८० हजार अमेरिकी डलर (एक करोड १५ लाख रुपियाँभन्दा बढी) खर्च लाग्ने उहाँले गत फागुन १४ गते उपचारका लागि आर्थिक सहयोगको सार्वजनिक अपिल गर्नुभएको थियो । शुभचिन्तक तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएपछि उहाँले २४ घण्टामै धन्यवाद दिँदै सहयोग संकलन रोक्नुभएको थियो ।

साम्बा सिजन २०२५-२६ का लागि गत साउनमा न्युजिल्याण्डको क्लब वेलिङ्टन फिनिक्ससँग आबद्ध हुनुभएको थियो । खेलकै क्रममा गत पुस ५ गते अस्ट्रेलियाको महिला फुटबल लिगअन्तर्गत ब्रिस्बेन रोअरविरुद्धको खेलमा उहाँ घाइते हनुभएको थियो । खेलको दोस्रो हाफमा हावामा आएको बल हेड गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा उहाँको दाहिने घुँडामा गम्भीर चोट लागेको थियो । गम्भीर चोटका कारण लामो समय मैदान बाहिर रहनुपरेको बताउँदै साम्बाले यो आफ्नो करियरकै कठिन चरण भएको बताउनुभएको छ । उहाँले समर्थकको साथबाट छिट्टै खेल यात्रामा पुनरागमन गर्ने बताउनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक...

वन डढेलोको जोखिम कम गर्न धनुषाको भाटिघारी सामुदायिक वन क्षेत्रमा क्यामरा जडान गरिएको छ।

काठमाडौं । वन तथा पशुपन्छी संरक्षणका क्षेत्रमा काम गर्दै आएका मिथिला वाइल्ड लाइफ ट्रस्ट...

वार्ता सङ्केतबिच मिसाइल प्रहार

काठमाडौं । अमेरिका र इरानबिच सम्भावित वार्ताका सङ्केत देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा...

एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो

काठमाडौं । अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा एशिया कायम रहेको एक नयाँ...