कर्मचारी नैतिकवान हुनुपर्छ : प्रदेश प्रमुख भट्ट

Published on

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सक्ने बताउनुभएको छ । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौं वार्षिकोत्सवको अवसरमा उहाँले योग्य, निष्पक्ष र स्वच्छताको मूलमन्त्रका साथ लोकसेवा आयोगले प्रदेश कानुन बमोजिम प्रदेशको र प्रदेशभित्रको स्थानीयतहका कर्मचारीको भर्ना, छनोट र सिफारिसको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो । वर्तमान समयमा सरकारी सेवाप्रति युवाहरुको बढ्दो आकर्षण, सूचना प्रविधिको तीब्र विकास तथा बढ्दो प्रतिस्पर्धा विषयलाई सम्बोधन गर्न आयोगले आफूलाई थप सबल तथा अद्यावधिक गर्न आवश्यक भएको बताउनुभयो । सरकारी सेवामा प्रवेश गर्न चाहने आम नागरिकको आशा एवं भरोसाको केन्द्रका रुपमा लोकसेवा आयोग स्थापित भएको बताउँदै निस्पक्षता र गुणस्तरीयतामा कुनै सम्झौता नगरीकन स्वतन्त्र निकायको रुपमा आफ्नो गरिमालाई अक्षुण्ण राख्न उहाँले आग्रह गर्नुभयो । “सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मनसमेत जित्न सक्नुपर्छ” उहाँले भन्नुभयो, “कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म जनता खुशी हुन सक्दैनन् भन्ने वास्तविकतालाई बिर्सन हुँदैन ।”  

चुस्त व्यवस्थापकीय क्षमतायुक्त इमान्दार कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनौट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जानुपर्ने उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश लोकसेवा आयोगले प्रदेश तथा स्थानीय तहहरूमा आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रतिस्पर्धात्मक तथा समावेशी प्रक्रियाबाट जनशक्ति छनोट र सिफारिस गरिनुले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुगेको उहाँको भनाइ छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रतिपक्ष दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव डण्डुराज घिमिरे, आयोगका सदस्य योगेन्द्र गौचन र कल्पना लम्सालले आयोगको बारेमा बोल्नुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

सेतो मच्छिन्द्रनाथ जात्राको तयारी

काठमाडौं । काठमाडौँको जमल तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथको रथ निर्माण अन्तिम चरण...

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले  जनप्रतिनिधिको काँधमा ठूलो दायित्व...

फागुन २१ गतेको निर्वाचन मानकः प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले...

इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिस स्थानान्त्रण : आइओएम

काठमाडौं । तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिस लेबनानबाट...