अवैध नदीजन्य उत्खनन् गर्ने सवारी र लागुऔषध बरामद

Published on

काठमाडौं । तनहुँ प्रहरीले पछिल्लो तीन दिनमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन र लागुऔषध ओसारपसारमा सङ्लन व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार चैत ९ गते बिहान ७ बजे बन्दिपुर गाउँपालिका-६ बगरखोलाबाट अवैध रूपमा गिट्टी लोड गरी लैजाँदै गरेको अवस्थामा लु १ क ३२४१ नम्बरको जेसिबी, ग १ क ५४४२ र ग १ ख ७४३६ नम्बरको टिप्परलाई इलाका प्रहरी कार्यालय साराङघाटको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती सवारी साधनलाई आवश्यक कारबाहीका लागि बन्दिपुर गाउँपालिकाको कार्यालय पठाइएको छ ।यसैगरी, चैत १० गते दिउँसो ३ः४० बजे आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ग २ ख १७७३ नम्बरको माइक्रो बस चेकजाँच गर्दा व्यास नगरपालिका–१४ बस्ने २५ वर्षीय केशव थापा पक्राउ पर्नुभएको हो ।

प्रहरी नायब उपरीक्षक बिकका अनुसार थापाको झोलाबाट लुकाई छिपाई ल्याएको १४३ क्याप्सुल लागुऔषध ट्रामाडोल फेला परेपछि उहाँलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी राखिएको छ । त्यस्तै, आज चैत ११ गते बिहान ७ बजे सोही स्थान बेनिटारमा काठमाडौँबाट बेनी जाँदै गरेको बा प्र ०३–००१ ख २४४४ नम्बरको बसमा सवार शुक्लागण्डकी नगरपालिका-४ बस्ने ३० वर्षीय निरोज बस्नेत ९६५ ग्राम गाँजासहित पक्राउ पर्नुभएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको टोलीले उहाँले बोकेको झोलाभित्र लुकाएको अवस्थामा उक्त गाँजा फेला पारेको हो । पक्राउ पर्नुभएका बस्नेतलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनी पुर्‍याई थप अनुसन्धान भइरहेको सूचना अधिकारी बिकले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...