इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिस स्थानान्त्रण : आइओएम

Published on

काठमाडौं । तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिस लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको छ । सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्च देखि दश लाख भन्दा बढी मानिस लेबनान भित्रै विस्थापित भएका छन् । आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायमा धेरै दबाब दिइरहेको र मानवीय सङ्कठ बढाइरहेको उल्लेख गर्नु भएको छ । 

उहाँले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउदै दबाब बढ्दै जाँदा मानवीय सङ्कट गहिरिदै गएको चेतावनी दिएको छ । आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ तत्काल समस्याको समाधान गर्न आह्वान गर्नु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...