विकट गाउँबस्तीमै पुगेर एकीकृत सेवा प्रदान

Published on

काठमाडौं । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले गाउँबस्तीमै पुगेर सेवाग्राहीलाई एकीकृत सेवा प्रदान गरेको छ । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित जनप्रतिनिधि र कर्मचारी गाउँटोलमै पुगेर विभिन्न सेवा उपलब्ध गराएका हुन् । टोलटोलमै गाउँपालिकाको सेवा पाएपछि स्थानीयवासी खुसी भएका छन् । वृहत एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाले स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण, कृषि तथा पशुपन्छीसम्बन्धी सेवा उपलब्ध गराएको हो । गाउँपालिकाले बुधबार वडा नं. १ स्थित दुङ्गुमा वडा नं. १, २ र ३ लाई समेटेर सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।


शिविरमा कृषि तथा पशुपन्छीतर्फ १८० परिवारलाई घाँसको बीउ र पशु औषधी वितरण गरिएको छ । यस्तै २०० थान तरकारी मिनिकिट, २० थान टनेल प्लास्टिक, ३ वटा कृषक समूहलाई अनुदानमा मिनी टिलर, १० थान स्प्रे पम्प र २० वटा ग्रीन नेट वितरण गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यतर्फ २६० जनाले निःशुल्क स्वास्थ्य जाँच सेवा लिई औषधी प्राप्त गरेका छन् भने २५० जनाले आयुर्वेद सेवा लिएका छन् । शिविरका क्रममा २५ जना सुत्केरीलाई ‘सुनौलो हजार दिन’ कार्यक्रमअन्तर्गत खाद्यान्न तथा सामग्री वितरण गरिएको छ ।

त्यसैगरी, ४ जनालाई अपाङ्गता परीक्षण गरी परिचयपत्र वितरण गरिएको छ भने ५ जनालाई लघुउद्यमअन्तर्गत मौरीपालन प्रविधि हस्तान्तरण गरिएको छ । नवउद्यमशीलता प्रवर्धनका लागि २७ जनाले फाराम भरेका छन् भने २४ जनाले उद्यमशीलतासम्बन्धी परामर्श लिएका छन् । साथै ५० जनाले स्वरोजगार कार्यक्रमका लागि फाराम भरेका छन् । शिविरकै अवसरमा ३ वटा वडाका १२ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्नुका साथै पोषिलो खानेकुरा वितरण गरिएको थियो । ज्येष्ठ नागरिकको हेरचाहको अवस्था बुझ्ने र आवश्यक परामर्श दिने उद्देश्यले घरघरमै भेटघाट गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, ३ नं. वडाध्यक्ष उत्तम वाइवा लगायतकाले संयुक्त रुपमा अशक्त तथा असहाय नागरिकलाई भने घरमै पुगेर स्वास्थ्य सेवा र निःशुल्क औषधि उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाले आगामी चैत १६ गते वडा नं. ९ को डन्टार, चैत १८ गते वडा नं. ८ को पाम्बुङ र चैत २० गते वडा नं. ७ को जुरेथुममा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...