दरौँखोलामा तोलातुङ्गलाई उपाधि

Published on

काठमाडौं । अर्जुन चौपारी गाउँपालिका–१ मा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ नगरपालिका –७ को तोलातुङ्ग भलिबल क्लबले जितेको छ । दरौँखोला युवा परिवारले आयोजना गरेको प्रतियोगितामा तोलातुङ्गले अयोजक एलाई ३–२ को सेटमा २५–२३, २३–२५, १६–२५, २५–२३ र १२–१५ अंकले पराजित गर्दै उपाधि सहित एक लाख ५१ हजार १११ रुपियाँ नगद, कप, मेडल प्रमाणपत्र जितेको हो । तीन जना खेलाडी वडा बाहिरका राख्न पाउने नियमको आधारमा गण्डकी प्रदेश क्याप्टेन सञ्जु बिक्रम शाही, राजन दर्लामी, विवस आले र उमेश सेन्चुरी सहितको टिम तोलातुङ्गले गण्डकी खेलाडी हिमाल सुनारी, बिश्वास अधिकारी र सन्तोष विक सहभागि अयोजक एलाई पराजित गरेको क्लबका उपाध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो । उपविजेता चित्त बुझाएको अयोजक एले ८१ हजार १११ रुपियाँ सहि कप, मेडल र प्रमाणपत्र हात परेको हो । 

तृतीय स्थान गण्डकी प्रदेशका खेलाडी जिवन सुनार र सन्जोग परियार सहभागि रहेको प्रदेशी हातेमालो क्लब बागलङले ३१ हजार १११ र सान्त्वना बनेको आरुचौर भलिबल टिमले ११ हजार १११ प्राप्त गरेको हो । प्रतियोतिगामा उत्कृष्ट खेलाडी विश्वास अधिकारी(दरौखोला),  उत्कृष्ट मिडिल बल्कर हिमाल सुनारी (दरौखोला), उत्कृष्ट सेटर विवश आले मगर( तोलातुङ्ग), अनुशासित खेलाडी जिवान सुनार( प्रदेशी हातेमालो), उत्कृष्ट स्पाइकर सन्जोग परियार ( प्रदेशी हातेमालो), उत्कृष्ट लिब्रो समिर कला ( प्रदेशी हातेमालो) र उदयमान खेलाडी प्रबेश क्षेत्री (आरुचौर)ले हात पार्नुभएको हो । बिजतालाई गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति सभापति सुधीर कुमार पौडेलले पुरस्कार वितरण गर्नु भएको हो । हरेक वर्ष होली पर्वको अवसरमा खेल खेलाउने गरिएकोमा यस वर्ष निर्वाचनका कारण चैत ४ गतेबाट खेलाइएको प्रतियोगितामा स्याङ्जा, पर्वत, बाग्लुङका १४ टिमको सहभागिता रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...