प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

Published on

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. शुवास पौडेलका अनुसार सेवा प्रारम्भिक रूपमा परीक्षण चरणमा सञ्चालनमा ल्याइएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ विभागको अनुगमनपछि मात्र सेवा निःशुल्क रूपमा नियमित गरिने तयारी छ । “बिरामीले अब नजिकैबाटै सहज सेवा पाउने छन्, बाहिर जानुपर्ने खर्चसमेत घट्ने छ,” उहाँले भन्नुभयो।

प्युठान नगरपालिका–२ का ५२ वर्षीय पहलमान विष्टको उपचार गर्दै सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । विष्ट विगत चार वर्षदेखि बुटवलस्थित गौतमबुद्ध मुटु अस्पतालमा डायलोसिस गराउँदै आउनुभएको थियो । अस्पतालमा हाल ८ वटा डायलोसिस मेसिन जडान गरिएका छन् । एक आपतकालीनसहित ६ शय्याबाट दुई सिफ्टमा सेवा सञ्चालन गरिने छ । एक बिरामीलाई सातामा २ देखि ३ पटकसम्म डायलोसिस आवश्यक पर्ने भएकाले हालको क्षमताले सातामा करिब ५ जनालाई मात्र सेवा दिन सकिने डा. पौडेलले बताए । एक बेड र दुई मेसिन ब्याकअपका रूपमा राखिएको छ । अहिलेसम्म ८६ जना बिरामीले सेवा लिन नाम दर्ता गराइसकेको अस्पतालले जनाएको छ । सेवा सञ्चालनका लागि कन्सल्टेन्ट फिजिसियनको नेतृत्वमा तालिमप्राप्त मेडिकल अफिसर र नर्सिङ टोली परिचालन गरिएको छ ।

डायलोसिस सेवा सञ्चालनमा ल्याउन लायन्स क्लब अफ प्यूठानको मुख्य लगानी रहेको छ । करिब एक करोड ७६ लाख रुपियाँ लागतको परियोजनामा ७५ प्रतिशत लगानी क्लबले बेहोरेको छ भने बाँकी २५ प्रतिशत जिल्लाका नौ वटै स्थानीय तहले सहयोग गरेका छन् । प्युठान उद्योग वाणिज्य सङ्घ तथा विभिन्न गैरसरकारी संस्थाले समेत सहयोग गरेका छन् । यसैबिच सेवा विस्तारका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले ३ वटा मेसिनसहित आवश्यक सामग्री उपलब्ध गराएको अस्पताल स्रोतले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...