सांसद थेबेको पहिलो पारिश्रमिक विद्यालयलाई

Published on

काठमाडौँ । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ । प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो ।

विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफ्नो पारिश्रमिक सहयोग गर्ने उहाँले बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ हजार ७६२ मतसहित निर्वाचित हुनुभएको थियो । उहाँले नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई दुई हजार २५१ मतान्तरले पराजित गर्नुभएको थियो । निर्वाचनमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

निर्वाचनपछि थेबेले आफ्नो क्षेत्रमा पुगेर हावाहुरीका कारण क्षति पुगेका सार्वजनिक तथा निजी संरचनाको अवलोकन गर्नुभएको थियो । साथै सिदिङवा र सिरीजङ्घा गाउँपालिकाका मतदातासँग भेटघाट गर्दै धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । निर्वाचनका क्रममा नै उक्त विद्यालयको अवस्थाबारे जानकारी लिनुभएका उहाँले निर्वाचित भएपछि स्थलगत अध्ययन गरी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...