टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

Published on

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ९ः३० बजे सगरमाथा सिमेन्ट उद्योगको रा १ क १२९३ नम्बरको टिप्पर रोल्पाबाट दाङतर्फ चुनढुङ्गा ल्याएर आउँदै गर्दा स्थानीय करिव ल ५२ वर्षीया ज्योति पुनलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ।

दुर्घटनामा संलग्न टिप्पर चालक घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी दिनेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिप्पर जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा रहेको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले चलाकलाई कारवाही माग गर्दै शव सडकमै राखी सडक अवरुद्ध गरेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...