अति तथा मध्यम गरिब परिवारलाई महानगरपालिकाको निःशुल्क स्वास्थ्य बिमा

Published on

काठमाडौं । पोखरा महानगरपालिकाले अति तथा मध्यम गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबिच सम्झौता भइसकेको छ। पोखरा महानगरपालिकामा अति तथा मध्यम गरिब परिवारका लागि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न ‘विपन्न नागरिक स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२’ तथा स्वास्थ्य बिमा ऐन र नियमावली अनुसार कार्यक्रम सञ्चालन गरिने छ। महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त गरिब घरधुरीको विवरणका आधारमा २०८३ जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गर्ने जनाएको छ। स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार पाँच जनासम्म सदस्य भएको परिवारका लागि ३ हजार ५ सय रुपियाँ र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्य ७ सय रुपियाँका दरले बिमा शुल्क महानगरपालिकाले बिमा बोर्डलाई उपलब्ध गराउने छ। निःशुल्क बिमा कार्यक्रममा सहभागी हुन वा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब परिवारको सिफारिससहित दर्ता सहयोगीमार्फत भरिएको फाराम महानगरपालिकाको स्वास्थ्य महाशाखामा पेस गर्नुपर्ने छ। आवश्यक प्रक्रिया पूरा गरी ती विवरण स्वास्थ्य बिमा बोर्डमा पठाइने र त्यसपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने छ।

यस कार्यक्रमले पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका गरिबीको रेखामुनिका नागरिकको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। नगर प्रमुख धनराज आचार्यले आर्थिक अवस्था कमजोर भएका कारण आधारभूत स्वास्थ्य सेवामा पहुँच नपुगेका नागरिकलाई यस कार्यक्रमबाट ठुलो राहत मिल्ने बताउनुभयो। महानगरपालिका सम्पूर्ण नगरवासीको स्वास्थ्य सुरक्षा र प्रवर्धनप्रति प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारको बिमा प्रक्रियाका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने छ। साथै लक्षित वर्गलाई कार्यक्रमबाट लाभ लिन महानगरपालिकाले अनुरोध गरेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...