अन्जनलाई बाहिर राख्दै राष्ट्रिय फुटबल टोलीको घोषणा

Published on

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोड्ने तयारीमा रहनुभएका अन्जन विष्टलाई बाहिर राख्दै आइतबार फुटबल टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान बराबरी गरेका फरवार्ड विष्टलाई बाहिर राख्दै एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग अन्तिम खेल खेल्ने टोली घोषणा गर्नुभएको हो । नेपालले मङ्गलबार लाओससँग उसैको मैदानमा खेल्नेछ । नेपाली टोली आइतबार बिहानै लाओस पुगिसकेको छ । एरेनाले एन्फाको सामाजिक सञ्जालबाट अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो । यसअघि नेपालले यस खेल दशरथ रङ्गशालामा खेल्ने तय भएको थियो । 

तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबिच पछिल्लो समय विवाद बढेका कारण लाओसमै यस खेल खेलिन लागेको हो । यसअघि यही खेलको तयारीका लागि मार्च २६ तारिख दशरथ रङ्गशालामा नेपाल र हङकङबिच मैत्रीपूर्ण खेल हुने तय भएको थियो । दशरथ रङ्गशालालाई फिफा र एएफसीले अन्तर्राष्ट्रिय खेलका लागि मान्यता नदिँदा यसअघिका खेलहरु पनि नेपालले अरुकै देशमा हुँदै आएको छ । 

नेपाली टोली 

अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, बिमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेश्पिजंग कार्की, किरण कुमार लिम्बू, कृतिश रत्न छुन्जु, मणि कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा दोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...