राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, अशान्ति फैलाउने गतिविधि रोक्छौँ : प्रजिअ पौडेल

Published on

काठमाडौं । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताउनुभएको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा (एमाले)ले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर हिंसात्मक र अशान्ति फैलाउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताउनुभयो । आफूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेसागत भाव अनुसार निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले शनिबार मैदानमा भएका गतिविधिबारे अध्ययन भइरहेको भन्दै अराजनीतिक र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरूलाई पनि यही अनुरोध गर्छौँ । यो बिचमा हामीले जुन खालको हिंसा देख्यौँ, त्यो अवस्थाबाट अब स्थिरतातर्फ जाँदै गर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को जमानामा सञ्चारमाध्यममा फरक ढङ्गले पनि सूचना जान सक्छन्, यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्छौँ ।”

उहाँले थप्नुभयो, “हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ, प्रशासनिक र पेसागत धर्म अनुसार अगाडि बढ्छौँ । हिजोका घटनामा केही झडप भएका छन्, हामीले सुरक्षाकर्मीलाई पनि संयमित भएर कर्तव्य निर्वाह गर्न भनेका छौँ । हिजो भएका गैरकानुनी हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउँछौँ ।” पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय बमोजिम एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको थियो । विरोधपत्रमा संविधान, मानव अधिकार र विधिको शासनविपरीत गरिएका कदम तत्काल सच्याउँदै ओलीसहित सबैलाई सम्मानजनक व्यवहार सुनिश्चित गर्न माग गरिएको छ । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...