पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त

Published on

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ। सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले ९५ किलोमिटर सडकलाई पाँच खण्डमा विभाजन गरी स्तरोन्नति गरिरहेको भए पनि लक्ष्य अनुसार प्रगति हुन सकेको छैन। कुल ४६ अर्ब रुपियाँको लगानीमा निर्माण भइरहेको यस सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि लबीपुलसम्म ५० किलोमिटर रहेको छ।

निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जेभीका प्रतिनिधि अनिश रेग्मीका अनुसार सन् २०२४ फेब्रुअरी २ देखि निर्माण टिम परिचालन भए पनि आयोजनाको पूर्वतयारी नहुँदा काममा अवरोध भएको छ। विशेष गरी शहरी क्षेत्रमा सडक वरपर रहेका विद्युतीय पोलहरू नयाँ रुटमा सार्न कठिनाइ हुँदा निर्माण ढिलाइ भएको उहाँले बताउनुभयो। विद्युत प्राधिकरणले हालसम्म ३० प्रतिशत मात्रै पोल स्थानान्तरण गरेको छ। शहरी क्षेत्रमा विद्युतीय पोलसँगै खानेपानीका पाइपले पनि अवरोध सिर्जना गरिरहेको निर्माण कम्पनीका प्रतिनिधिहरूले बताएका छन्। दमक बजारमा विद्युतीय पोलकै कारण फ्लाईओभर निर्माण रोकिएको छ।

पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीले विद्युत प्राधिकरणलाई पटक–पटक ताकेता गर्दा पनि लक्ष्य अनुसारको पोल सार्न नसकिएको बताउनुभयो। सडक आयोजना २०२७ जनवरीभित्र सम्पन्न गर्ने लक्ष्य भए पनि अझै एक हजार पाँच सयभन्दा बढी पोल सार्न बाँकी रहेको छ। गोरखापत्र

spot_img

ताजा समाचार

पितृ सम्झने पर्व सोह्रश्राद्ध सुरु, पशुपतिनाथमा तर्पण र पिण्डदान गर्नेको चहलपहल

काठमाडौं – हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित...

लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा

काठमाडौँ – लगातारको वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा बाढी पसेपछि ५०० घर डुबानमा परेका...

देउवा समूहको कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको तयारी तीव्र

काठमाडौँ –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको...