महासंघको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी

Published on

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। सोमबार बिहान आयोजित उक्त कार्यक्रममा महासंघ धनुषा शाखाका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण सदस्य तथा श्रमजीवी पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शाखा अध्यक्ष पुरन साहले नेपाल पत्रकार महासंघले देशका हरेक आन्दोलन, उपलब्धि र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारहरूको छाता संगठनको रूपमा महासंघले नेपाली जनताको आशा र भरोसा जित्दै आएको बताउनुभयो।

अध्यक्ष साहका अनुसार वर्तमान सरकार गठनसम्म आइपुग्दा सञ्चार जगतले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ। उहाँले सरकारसँग पत्रकारिता क्षेत्रका आफ्नै अपेक्षा र भरोसा रहेको उल्लेख गर्दै, भित्र देखिएका विकृतिहरू समाधान गर्न सरकारले गर्ने सकारात्मक प्रयासमा महासंघको साथ रहने बताउनुभयो। उहाँले न्याय नपाएका नागरिकहरूको अन्तिम आशा सञ्चार क्षेत्र नै भएकाले पत्रकार तथा सञ्चारकर्मीहरूको हितका लागि पृथक पहल आवश्यक रहेको धारणा समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष साहले स्थापना दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै पत्रकारहरूबीच एकता र अपनत्व आवश्यक रहेकोमा जोड दिँदै कार्यक्रममा सहभागिता जनाउने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खड्गा, मिडिया काउन्सिल मधेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, वरिष्ठ पत्रकार रामभरत साहसहितको उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...