अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ

Published on

काठमाडौं । सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका–५, कट्टी टोल बस्ने ४० वर्षीय विरेन्द्रप्रसाद महतोलाई पक्राउ गरिएको हो। उहाँमाथि गत माघ १० गते  स्थानीय नन्दलाल महतोलाई सार्वजनिक बाटोमा गालीगलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोप छ।

उक्त घटनापछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट  चैत १२ गतेदेखि लागू हुने गरी छ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ पुरीले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...