हरित सत्याग्रह साइकल यात्रा जनकपुरधाममा

Published on

काठमाडौं । भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाबाट सुरु गरिएको हरित सत्याग्रह साइकल यात्राअन्तर्गत चार जना भारतीय पर्यावरण अभियानी जनकपुरधाम आइपुगेका छन्। वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको उक्त यात्रा तेस्रो दिन आइतबार साँझ जनकपुरधामस्थित जानकी मन्दिर पुगेका हुन् । “पर्यावरण बचाऔँ”, “जल, जङ्गल, जमिन बचाऔँ” र “सास न हो कम, ट्री लगारहे हैं हम” जस्ता सन्देश बोकेर भारतको बिहार राज्यको छातापुरबाट सुरु गरिएको यस यात्रामार्फत अभियानीहरूले वृक्षारोपण, जलस्रोत संरक्षण तथा वनजङ्गलको जगेर्ना गर्नुपर्ने सन्देश दिएका छन्। साइकल यात्रामा सहभागी अभियानी कृष्ण कुमार, राम प्रकाश रवि, हलधर कुमार र चन्दन कुमारलाई मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले जानकी मन्दिर परिसरमा स्वागत तथा सम्मान गर्नुभएको थियो। सो अवसरमा बोल्दै सभामुख यादवले वातावरण संरक्षणका लागि यस्ता अभियान अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै नेपाल र भारत दुवै देशले सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “पर्यावरण स्वच्छ रहनु मानव सभ्यताको आधार हो, र वातावरण संरक्षण बिना दिगो विकास सम्भव छैन।” साथै, अभियानमा संलग्न अभियानीलाई शुभकामना पनि व्यक्त गर्नुभयो।अभियानीका तर्फबाट बोल्दै राम प्रकाश रविले जल, जङ्गल र जमिन जोगाउने अभियान अन्तर्गत आफूहरू साइकल यात्रामा निस्किएको जानकारी दिनुभयो। उहाँले “रूखबिरुवा विनाश गरेर हुने विकास वास्तवमा विनाश हो, हरियालीसहितको विकास नै दिगो विकास हो,” भन्दै वातावरण संरक्षणप्रति सबैलाई सचेत रहन आग्रह गर्नुभयो। उहाँका अनुसार यस अभियानमार्फत ९३ देशमा विभिन्न भाषामा सन्देश फैलाइएको छ। कार्यक्रममा वृक्ष मानव तथा पर्यावरण अभियन्ता सुरेश शर्माले नेपालसम्म आइपुगी अभियान सञ्चालन गरेकोमा भारतीय अभियानीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता अभियानमा दुवै देशका नागरिकको चाँसो हुन आवश्यक रहेको बताउनुभयो । अभियानीहरूले दुवै देशका नागरिक र सरकारबीच सहकार्य गरी वातावरण संरक्षणमा ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन् भने यस्ता जनचेतनामूलक अभियानले वातावरणीय सचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा समेत गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...