नेपाल एयरलाइन्सद्वारा सुर्खेत सिमकोट उडान सुचारु

Published on

काठमाडौं । लामो समयपछि नेपाल एयरलाइन्सले कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट सिमकोटका लागि उडान सुचारु गरेको छ । यसअघि पटक पटक उडान रद्द हुँदै आएकोमा सोमबार नेपाल एयरलाइन्सले सुर्खेतबाटबाट सिमकोटका लागि उडान भरेपछि आफ्नो सेवा सुचारु गरेको हो । सोमबार पहिले जसरी सुर्खेत सिमकोट उडान भरेर एयरलाइन्सले बाह्र जना यात्रु ओसारेको थियो भने सुर्खेतबाट सिमकोट १३ जना यात्रुलाई सेवा प्रदान गरेको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

यसअघि कहिले जहाज काठमाडौँबाट नआउने त कहिले मौसम खराबको कारण देखाउदै एक महिना भन्दा बढी समय नेपाल एयरलाइन्सले सुर्खेतबाट सिमकोटको उडान रद्द गर्दै आएको थियो । त्यसैगरी सोमबार नेपालगञ्ज सिमकोटका लागि पनि नेपाल एयरलाइन्सले आफ्नो सेडुअल उडान भरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...