वीपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

Published on

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोष्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्रीहरु सहयोग गरेको छ । पोष्ट प्रो सोलुसन प्रा.लि.की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरु प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्रीहरु प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठूलो स्वास्थ्य संस्थालाई आर्थिक संकटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्वपूर्ण छ । यसले विरामीको उपचारलाई थप सहज र प्रभावकारी बनाउनेछ । वर्तमान समयमा प्रतिष्ठानमा विरामीको चाप बढ्दो क्रममा रहेको र आर्थिक सङ्कटका कारण कतिपय स्वास्थ्य सामाग्रीहरुको अभाव खट्किरहेको अवस्थामा प्राप्त यस ठूलो परिमाणको सहयोगले सेवा प्रवाहमा प्रत्यक्ष टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

आफू धरानकै स्थायी वासिन्दा भएको नाताले आफ्नो ठाउँको गौरवको रुपमा रहेको यस गौरवशाली प्रतिष्ठानको सेवामा योगदान पु¥याउन पाउ“दा आफू अत्यन्त हर्षित भएको दाता बनेपालीले बताउनुभयो । प्रतिष्ठानको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्य मनकारी व्यक्तित्व तथा व्यवसायीहरुलाई पनि आफ्नो क्षमता अनुसार सहयोग गर्न उहा“ले आव्हान समेत गर्नुभयो । उक्त हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बु, का.मु. डेपुटी रजिष्ट्रार श्री सागर ताम्राकार, इलेक्ट्रोमेड शाखका इन्जिनियर तथा प्रमुख राहुल मिश्रा, बायोमेडिकल शाखाका इन्जिनियर तथा प्रमुख श्री प्रदिप साह, डेपुटी मेट्रोन श्री विष्णु माया तामाङ्ग, जेनेरल स्टोर शाखाका प्रमुख महेश्वर राई, मेडिकल स्टोर शाखाका प्रमुख संजिव कर्ण, अस्पताल प्रशासनका हाउस किपिङ्ग अफिसर मनोज यादव लगायत प्रा.लि. का तर्फबाट पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...