ऊर्जा मन्त्री श्रेष्ठद्वारा सुशासन एकाइ गठन : सहसचिवको नेतृत्वमा अनुगमन हुने

Published on

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित ‘सुशासन एकाइ’ गठन गर्नुभएको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा सम्बन्धित नियमावलीको व्यवस्था र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त एकाइ स्थापना गरिएको हो । उक्त एकाइले मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको कार्यसम्पादनको नियमित अनुगमन र मूल्याङ्कन गर्नेछ । नवगठित एकाइको संयोजकमा प्रशासन महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ । त्यसैगरी कार्यक्रम, बजेट तथा अनुगमन; जलस्रोत; ऊर्जा; विकास सहायता तथा प्रादेशिक समन्वय; जल तथा मौसम एवं कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव सदस्य रहनेछन् । सूचना तथा जनसम्पर्क शाखाका उपसचिवले एकाइको सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

एकाइले विशेषगरी ‘डेलिभरी–आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्य तोकिएको समयसीमाभित्र सम्पन्न भए–नभएको, जिम्मेवार अधिकारीले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गरे–नगरेको तथा कार्यसम्पादन सूचकको कार्यान्वयन अवस्थाबारे निगरानी गर्नेछ । यसका अतिरिक्त कर्मचारीको कार्यविवरणअनुसार कामको प्रगति, कानुनी समयसीमाको पालना तथा सरकारी स्रोतसाधनको सदुपयोगको अवस्थाबारे पनि मूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस एकाइमार्फत कार्यशैलीमा सुधार ल्याउने, जवाफदेहिता बढाउने र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...