सरकारका विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन गर्न निर्देशन

Published on

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूलाई सूचना तथा विज्ञापन प्रकाशन र प्रसारण गर्दा सरकारी सञ्चार माध्यमको प्रयोग गर्न निर्देशन दिएको छ। कार्यालयद्वारा जारी सूचनामा सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशन तथा प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउने तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। निर्देशनअनुसार सार्वजनिक निकायहरूले सार्वजनिक खरिद लगायतका सूचना प्रकाशन तथा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ।

त्यसैगरी, उक्त माध्यमबाट प्रकाशन तथा प्रसारण भएका सूचनाको भुक्तानी सम्बन्धित सञ्चार संस्थाकै खातामा मात्र जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानी गर्दा दर र छुट सम्बन्धित सञ्चार माध्यमबाट आधिकारिक रूपमा स्वीकृत हुनुपर्ने पनि जनाइएको छ। यस निर्णयले सरकारी खर्च नियन्त्रणका साथै सरकारी सञ्चार माध्यमहरूको सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...