‘नर्सिङ पढेर गाउँमै सेवा गर्ने सपना छ’

Published on

काठमाडौं । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, भार्चा छोसेरकी १६ बर्षिया छिमी ल्हामो गुरूङ माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको लागि तीन दिन अगाडि मात्रै मुस्ताङ आउनुभयो । दिब्यदिप माध्यमिक विद्यालय, छोसेरमा अध्ययनरत गुरूङ गएको कात्तिक महिनाको ११ गते घुम्ती शिक्षाका लागि पोखरा जानुभएको थियो । साढे ५ महिना पोखरा नगरपालिका–२६, बिजयपुरमा रहेको आफ्नै विद्यालयको भवनमा सञ्चालित घुम्ती विद्यालय, अतिरिक्त कक्षाको तयारीपछि परीक्षामा सहभागी हुन आउनुभएकी छात्रा गुरूङले उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको माविस्तरको सामुदायिक विद्यालयको एक्ली परीक्षार्थी हुनुहुन्छ । सामान्य परिवारमा जन्मिनुभएकी गुरूङको यस पटक एसईईमा जिल्लाबाट उत्कृष्ट नतिजा ल्याएर दुई वर्षको विज्ञान विषय पढेर नर्सिङ पढ्ने लक्ष्य रहेको बताउनुभयो । विद्यार्थी गुरूङ भन्नुहुन्छ, ‘‘मैले स्वास्थ्यकर्मी भएर गाउँलेको सेवा गर्न चाहन्छु, गाउँमा समयमै उपचारको अभावलाई नजिकबाट देखेको छु ।’’ विद्यालयकी एक्ली परीक्षार्थी गुरूङले निःशुल्क निजी विद्यालयमा पढ्ने अवसर पाउँदा पनि गाउँमै बसेको बताउँदै परिवारको आर्थिक अवस्था सामान्य भएकाले मेहनत गरी छात्रबृत्तिका लागि एसईईमा मेहनत गरेको बताउनुभयो । विद्यार्थी छिमी ल्हामोकी आमा फु–याङ्मो र बुबा घाटु गुरूङ पशुपालन र निर्वाहमुखी कृषि पेशामा आवद्ध हुनुहुन्छ । 

छोरीलाई गाउँकै सामुदायिक विद्यालयमा पढाएर गाउँकै सेवा गरेको हेर्ने चाहना रहेको उहाँहरूको पनि इच्छा छ । उच्च शिक्षाका लागि महँगो कलेजमा पढाउन नसक्ने भएकाले एसईईमै राम्रो नतिजा ल्याउन सकेमा मात्र छात्रबृतिसहित अन्य सुविधाले सहज हुने भएकाले कडा मेहनत गरेको विद्यार्थी गुरूङले को भनाइ छ ।  र छिमेकी राष्ट्र« तिब्वतसँग सिमाना जोडिएको छोसेरका बस्तीमा बालबालिकादेखि बृद्धबृद्धाको सेवा गर्ने चाहना रहेको विद्यार्थी गुरूङको भनाइ छ । विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाटीकाअनुसार आधारभूत तहदेखि नै उत्कृष्ट विद्यार्थी गुरूङको मेडिकल शिक्षामा रूची रहेको बताउनुभयो । प्रअ त्रिपाटीले भन्नुहुन्छ, ‘‘मेधावी विद्यार्थी भएकाले अतिरिक्त कक्षाहरूमार्फत पनि परीक्षाको तयारीमा शिक्षकले मेहनत गर्नुभएको छ, यस पटकको परीक्षामा सिङ्गो पालिकाको एक्ली छात्रा हुनुहुन्छ ।’’ विद्यालयलाई एसईईमा परीक्षार्थीविहीन हुन नदिएकी छात्रा गुरूङलाई उच्च शिक्षामा समेत आवश्यक सहयोग गर्न तयार रहेको विद्यालयले जनाएको छ । विद्यालयमा कक्षा १ देखि ८ कक्षासम्म सँगै पढेका साथीहरूले सहरको पढाइ रोज्दा विद्यार्थी गुरूङले गाउँको विद्यालयमै पढेर गाउँमा सेवा चाहना गरेकाले विद्यालय समेत उत्साहित भएको प्रअ त्रिपाटीको भनाइ छ । उपल्लो मुस्ताङको एकमात्रै माविस्तरको पढाइ हुने सामुदायिक विद्यालयबाट छात्रा गुरूङ एक्ली परीक्षार्थी भएपनि विद्यालयमा अन्य कक्षामा स्थानीय बाहेक म्याग्दी, बागलुङ, धनुषा, रूपन्देही लगायतका विद्यालयका विद्यार्थी अध्ययनरत छन् । मुस्ताङमा ९ सामुदायिक, १ निजी र २ धार्मिक विद्यालयबाट नियमितमा छात्र १०१ जना र छात्रा ८५ जना रहेका छन् । त्यसैगरी ग्रेड वृद्धितर्फमा ६ जना छात्र, ६ जना छात्रा रहेकोमा उपल्लो मुस्ताङबाट लोमान्थाङ गाउँपालिकाको दिव्यदीप मावि छोसेरबाट छात्र बाहेक बौद्धिष्ट विद्यार्थी अध्ययनरत पाल एवं नाम्ग्याल गुम्बाबाट ६ जना छात्र यसबर्ष एसईई परीक्षामा सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौं शिक्षालयको साइकल र्‍याली

काठमाडौँ - संविधान दिवसको अवसरमा बाढीपहिरो प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि...

नेक्सस कबड्डी कपको दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका खेलहरू सम्पन्न, भोलि फाइनल खेल हुने

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा भइरहेको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करणअन्तर्गत सेमिफाइनलका...

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...