अवैध उत्खनन र ओसारपसारमा संलग्न २५ ट्याक्टर नियन्त्रणमा

Published on

काठमाडौं । सल्यानबाट प्रहरीले २५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न खोला तथा नदी क्षेत्रबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने गतिविधिविरुद्ध प्रहरीले सक्रियता बढाएको हो । यसक्रममा पछिल्लो चार दिनको अवधिमा २५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार शारदा, थारमारे, लुहाम, सल्ली लगायतका विभिन्न स्थानबाट ती ट्याक्टरहरू नियन्त्रणमा लिइएका हुन् । नियन्त्रणमा लिइएका सबै सवारी साधनहरू सम्बन्धित प्रहरी चौकीमा राखी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समय अवैध उत्खनन तथा ढुवानीमा संलग्न सवारी साधनमाथि निगरानी बढाइएको उहाँको भनाइ छ । “नियमविपरीत सञ्चालन हुने ट्याक्टरहरू नियन्त्रणमा आउन थालेपछी यस्ता गतिविधिमा केही कमी आएको देखिएको छ,” उहाँले भन्नुभयो ।

 प्रहरीले जिल्लाभर नै अनुगमन तथा नियन्त्रण अभियानलाई निरन्तरता दिएको जनाएको छ । विशेषगरी नदी तथा खोलानालाबाट अनुमति बिना प्राकृतिक स्रोत दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न कडाइ गरिएको हो ।साथै प्रहरीले अनुमति नलिई यस्ता गतिविधिमा संलग्न नहुन तथा नगराउन सबै सरोकारवालासँग अनुरोध गरेको छ ।  नियम उल्लङ्घन गर्ने जोकोहीलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...