अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद् लाभान्वित हुनेछः डा. वाग्ले

Published on

काठमाडौं । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसद्को गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । संसद्‌मा बोल्दै डा.वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सहयोद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उहाँको उम्मेदवारीले संसद्‌मा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताउनुभएको हो । डा.वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराउनुभयो ।अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय सङ्घर्षबाट खारिएको उन्नत चेत रहेको बताउनुभयो ।

सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा.वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले इतिहासका सफल सभामुखको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिनुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले संसद्लाई जीवन्त बनाउन खेल्नुभएको भूमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । डा.वाग्लेले रास्वपाले ‘जेनजी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकाङ्क्षालाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...