साक्षर नगरपालिका घोषणा गर्न तथ्याङ्क सङ्कलन

Published on

धनुषाको मिथिला नगरपालिकाले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यले निरक्षरको तथ्याङ्क सङ्कलन सुरु गरिएको बताइएको छ । मिथिला नगरपालिका शिक्षा शाखाका प्रमुख सीता काफ्लेले वडा हुँदै नगरपालिकालाई साक्षर घोषणा कार्यक्रमअन्तर्गत तथ्याङ्क सङ्कलन अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले मूल्याङ्कन निर्देशिका, २०७० बमोजिम साक्षरताका १२ सूचकमध्ये ६ सूचकमा केन्द्रित भएर काम अघि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस कार्यका लागि आवश्यक प्रशिक्षण प्रदान गरेर २५ जना विद्यार्थी परिचालन गरिएको छ । आगामी २०८३ वैशाख १५ गतेसम्म तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गर्ने गरी समयसीमा निर्धारण गरिएको शिक्षा शाखाका प्रमुख काफ्लेले बताउनुभयो । उहाँले नगरपालिकाका सबै वडा कार्यालय र विद्यालयलाई अभियानमा समन्वयात्मक भूमिका निर्वाह गरिदिन र विद्यार्थीमार्फत घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभयो । शिक्षा तथा मानव विकास केन्द्रले तोकेको विभिन्न १२ वटा बुँदामध्ये महत्त्वपूर्ण छ वटा बुँदामा उल्लेख गरिएका विषयवस्तु पढ्न लेख्न सिकाउन सके नागरिकलाई साक्षर बनाउने उहाँले बताउनुभयो । 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...