‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

Published on

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज विज्ञप्ति जारी गर्दै अभद्र व्यवहार गर्न नहुने कसुरमा यही चैत २० गते पक्राउ परेका कलाकार बलेमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रहरीले विभिन्न सामाजिक सञ्जाल र व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित एकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न/नगराउन काठमाडौँ प्रहरीले सबैलाई अनुरोध गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...