घरबासले फेर्दै कोरिखाका महिलाको जीवनस्तर

Published on

काठमाडौं । विगतमा घरधन्दा र खेतीपातीमा मात्रै सीमित तनहुँका ग्रामीण महिला पछिल्लो समय घरबास (होमस्टे) सञ्चालनमार्फत आत्मनिर्भर बन्दै गएका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालित घरबासले महिलाहरूको आयआर्जन मात्र बढाएको छैन, उनीहरूको सामाजिक पहिचान र आत्मविश्वासमा समेत आमूल परिवर्तन ल्याएको छ । यसको सफल उदाहरण बनेको छ– बन्दीपुर गाउँपालिका–५ स्थित कोरिखा सामुदायिक घरबास । विसं २०७५ देखि ११ परिवारबाट सुरु भएको यो घरबास अहिले यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । घरबासका अध्यक्ष साबित्री गुरुङका अनुसार यहाँ आबद्ध महिलाहरूले अहिले पाहुनाको स्वागतदेखि आयव्ययको व्यवस्थापनसम्म आफैँ सम्हाल्दै आएका छन् । “पहिला हामी घरबाहिर निस्कन र नयाँ मान्छेसँग बोल्न पनि धक मान्थ्यौँ,’’ उहाँले भन्नुभयो, “अहिले पाहुनासँग ढुक्कले कुरा गर्न र आफ्नो संस्कृतिबारे बताउन सक्ने भएका छौँ ।” घरबास सञ्चालक सोममाया गुरुङले घरबासमार्फत मासिक २० देखि ३० हजार रुपियाँसम्म आम्दानी हुन थालेपछि आर्थिक रूपमा श्रीमानको भर पर्नुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो। पाहुनाको स्वागतका लागि गुरुङ संस्कृति झल्कने चुड्का, कौरा र बाह्रमासे घाटु नाच प्रस्तुत गर्ने गरिएको छ। स्थानीयस्तरमा उत्पादित बेसार, अदुवा, केरा र घरेलु मौलिक पेयले पनि महिलाहरूको आयस्तर बढाउन सहयोग पु¥याएको छ । अर्की सञ्चालक चिनिमाया गुरुङका अनुसार पाहुनालाई स्थानीयस्तरमा उत्पादित ढिँडो, लोकल कुखुरा र कोदोको रोटी जस्ता प्राङ्गारिक परिकार खुवाइन्छ । यहाँ प्रतिव्यक्ति ८०० रुपियाँको प्याकेजमा बास र भोजनको व्यवस्था गरिएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले कोरिखाका महिलाहरूको सक्रियताले ग्रामीण पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरिखाको होमस्टेले महिला सशक्तीकरणको राम्रो उदाहरण पेस गरेको छ । गाउँपालिकाले यस्ता घरबासको पूर्वाधार विकास र प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ ।” कुहिरोसँग लुकमारी खेल्ने सुन्दर बस्ती कोरिखाका घरका झ्यालबाटै अन्नपूर्ण, माछापुच्छ्रे र हिमालचुली जस्ता हिमशृङ्खला स्पष्ट देखिन्छन् । कोदोको ढिँडो, गुन्द्रुकको अचार, लोकल कुखुराको मासु र च्याख्ला यहाँका मुख्य आकर्षण हुन्। सांस्कृतिक प्रस्तुतिसँगै पाहुनालाई बिदाइका क्रममा आमा समूहले बनाएका चकटी, गुन्द्री, ढकिया र टोपी जस्ता कोसेली उपहार दिने गरिएको अध्यक्ष सावित्रीले जानकारी दिनुभयो । बिहानपख मस्र्याङ्दी नदीलाई कुहिरोले छपक्कै ढाकेको मनमोहक दृश्यले यहाँ पुग्ने जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट...

बेमौसमी मकै खेतीमा बढ्दै छ किसानको रुचि

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकाका किसान मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँकेको...

आर्थिक उपार्जनका लागि कफीखेती अभियान

 काठमाडौं । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर पाखोबारीमा मकै छर्ने कामसँगै...

टी–१२ क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

काठमाडौं । रमवापुर स्पोर्टस क्लबको आयोजनामा जानकी गाउँपालिका वडा–३ मा सञ्चालन भएको वडास्तरीय ‘राजकुमार...