एक हप्तामा १६३ जनाले लिए नयाँ नागरिकता

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट पछिल्लो एक हप्तामा १६३ जनाले नयाँ नागरिकता लिएका छन्। गत आइतबारदेखि शुक्रबारसम्म यहाँबाट वैवाहिक अङ्गीकृत नागरिकता पाँचसहित १६३ जनाले नयाँ नागरिकता लिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार १४० जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। यस जिल्लामा यो साता प्रतिलिपिभन्दा नयाँ नागरिकता लिने बढी देखिएका छन्। एक हप्तामा नाबालक परिचयपत्र १६ जनाको गराइएको छ। राहदानी आवेदन सङ्कलन १६४ र राहदानी वितरण १४७ जनाको गरिएको छ। राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३६९, राष्ट्रिय परिचयपत्र वितरण २४३, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३४ जनाको गरिएको छ।यो साता एक दुई संस्था नवीकरण गरिएको छ।

हातहतियार नवीकरण र नामसारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। यस समयावधिमा प्रशासन कार्यालयले आठ लाख ३३ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको छ। जसमध्ये राहदानीबाट आठ लाख १५ हजार रुपियाँ, संस्था नवीकरणबाट एक हजार ५०० रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ। प्रशासनले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको बताइएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...