मुस्ताङमा आर्थिक गणनाको तयारी पूरा

Published on

काठमाडौं । मुस्ताङमा आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला आर्थिक गणना कार्यालय मुस्ताङले गणनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया,गणक तथा सुपरीवेक्षक नियुक्ति, स्थानीयतहसँग गणना कार्यका बारेमा आवश्यक सहयोग तथा समन्वय लगायत विभिन्न कार्यहरू गरिएको छ । आर्थिक गणना कार्यालयका प्रमुख सुदिप पौडेलले पाँच जना गणक र एक जना सुपरीवेक्षकको छनौटसँगै तालिम सोमबार सकिएपछि कार्य क्षेत्रमा खटिने बताउनुभयो । आर्थिक गणना अधिकारी पौडेलले भन्नुभयो, ‘‘गणनास्थलमा खटिने बाहेक सबै तयारी पूरा भएको छ,सरोकारवाला निकायबाट पूर्ण सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।’’ कार्यालय प्रमुख पौडेलका अनुसार आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुनअनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा आर्थिकजन्य गतिविधिमा संलग्न सबै प्रकारका व्यवसायको विस्तृत विवरण संकंलन गरिने छ । 

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आर्थिक गणनाले जिल्लामा आर्थिकजन्य गतिविधिको तथ्याङ्क सङ्कलन हुने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ । प्रजिअ शर्माले गणक र सुपरीवेक्षकलाई जिम्मेवारीपूर्वक राष्ट्रि«य अभियानलाई सफल बनाउन अनुरोध गर्नुभएको छ । मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा खटिने गणकले प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् । २०७५ सालमा लिइएको तथ्याङ्कमा मुस्ताङमा आर्थिक गतिविधि तथा सेवामा ७ सय ७५ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा ४ सय ९२ दर्तावालाले सञ्चालन गरेको भाडा र सम्झौतामा ६५ देखिएको थियो। जिल्लामा होटल, रेन्टुरेन्ट, कृषि र पर्यटनको क्षेत्रमा धेरै ब्यवसाय तथा संलग्नता रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...