साढे तीन लाख सवारी लाइसेन्स र तीस लाख हुलाक टिकट छापियो

Published on

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स ) छपाईको कामलाई तिव्रता दिएको छ । सरकारले कात्तिक २१ गतेदेखि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (सवारी लाइसेन्स ) छाप्न सुरु गरिएको हो । यातायात व्यवस्था विभाग र केन्द्रबीच सम्झौता भए बमोजिम केन्द्रबाट छ महिनाभित्र १२ लाख थाम लाइसेन्स छाप्ने सम्झौता बमोजिम लाइसेन्स छपाईको कामलाई तिव्रता दिइएको हो । सुरुका महिना केन्द्रका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा लाइसेन्स छपाईको काम सुस्त गतिमा भएपनि पछिल्ला महिनामा छपाइको कामले गति लिएको छ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले केन्द्रबाट दैनिक ४० हजार लाइसेन्स छपाई हुँदै आएको बताउनुभयो । “केन्द्रबाट दैनिक ५० हजार थान लाइसेन्स छपाई गर्न सकिन्छ, छपाई ५० हजार थान गर्न सकिएपनि केन्द्रमा लेमिनेसन मेसिन एउटै मात्रै भएकोले यो काममा समय धेरै लाग्दछ, त्यही भएर हाल केन्द्रबाट दैनिक ४० हजारको हाराहारीमा लाइसेन्स छापेका छौँ” उपसचिव तिमिल्सिनाले भन्नुभयो ।

उहाँले केन्द्रमा लेमिनेसन गरिएको लाइसेन्स कटिङ गर्नका लागि एउटा मात्रै कटिङ मेसिन रहेको बताउनुभयो । केन्द्रमा हाल नौ जना इन्जिनियर र १६ जना प्राविधिक कर्मचारी गरी २५ जना कर्मचारीलाई खटाइएको छ । यातायात व्यवस्था विभाग र केन्द्रबीच छ महिनामा १२ लाख थान लाइसेन्स छपाई गर्ने सम्झौता बमोजिम हालसम्म २९.५ प्रतिशत अर्थात् तीन लाख ५४ हजार १७४ थान छपाई गरेर विभागलाई हस्तान्तरण गरिएको उपसचिव तिमिल्सिनाले बताउनुभयो । “केन्द्रमा अहिले ८० हजार थान लाइसेन्स छपाई भएर हस्तान्तरणको लागि तयार छ, सोमबार थप ४० हजार थान छपाई गरेर विभागलाई एक लाख २० हजार थान लाइसेन्स हस्तान्तरण गदैछौँ” उहाँले थप्नुभयो । उहाँले विभागसँगको सम्झौता अनुसार बैशाख १२ गतेभित्र सबै लाइसेन्स छपाई गरेर हस्तान्तरण गर्नुपर्ने भएपनि बैशाखको पहिलो साताभित्र सबै लाइसेन्स छपाई गरेर हस्तान्तरण गरिने बताउनुभयो । विभागले केन्द्रलाई हालसम्म पाँच लाख ५४ हजार थान लाइसेन्स छपाईको लागि पठाएको र मङ्गलबारसम्म थप तीन लाख थान छपाईको लागि आउन लागेको केन्द्रले जनाएको छ ।

 केन्द्रमा हालसम्म तीन लाख १९ हजार ९०८ थान ब्याकलग ( पुरानो लाइसेन्स ) र ३४ हजार २६६ थान आपतकालीन ( विदेश जाने ) लाइसेन्स छपाई गरिएको छ । हाल ब्याकलगका एक लाख ७५ हजार ५९८ थान र आपतकालीन ९४० थान लाइसेन्स छपाईको प्रक्रियामा रहेका छन् । केन्द्रका उपसचिव तिमिल्सिनाले केन्द्रले हुलाक ब्यवस्था विभागसँग भएको सम्झौता बमोजिम ३० लाख थान हुलाक टिकट छपाई गरेर हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले विभागले करिब डेढ करोड थान हुलाक टिकट छाप्ने बताउँदै अब ६० लाख थान हुलाक टिकट छाप्ने तयारी भैरहेको बताउनुभयो । राहदानी, बैँक नोटलगायतका वस्तुको छपाइ वापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७४÷०७५ देखि सुरक्षण मुद्रण छापाखाना स्थापनाका लागि आफ्नो नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरेर काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) निर्माणको काम सुरु गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...