महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

Published on

निलाक्सी चन्द

कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु हुने तथा बेपत्ता हुने घटना बढ्दै गएपछि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भीमदत्त नगरपालिका–११ क्षेत्रमा सचेतनामूलक बोर्डहरू राखिएका छन् । भीमदत्त नगरपालिकाको पहलमा नदी किनार तथा जोखिमयुक्त स्थानहरूमा चेतावनी तथा सचेतनामूलक बोर्डहरू राखिएका हुन् । बोर्डमा “यस क्षेत्रमा पौडी खेल्न निषेध गरिएको छ, तपाईंको जीवन अमूल्य छ, सुरक्षित रहनुहोस्” भन्ने सन्देश उल्लेख गरिएको छ।

यस्ता सचेतनामूलक अभियानले नदी आसपास हुने सम्भावित घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त अभियानमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, एनएनएसडब्लुए तथा टोल विपद् व्यवस्थापन समितिको समेत सहभागिता तथा सहकार्य रहेको थियो। स्थानीयवासीहरूले यस्ता सचेतनामूलक पहलले सर्वसाधारणलाई सतर्क बनाउन मद्दत पुग्ने तथा नदी क्षेत्रमा हुने घटना न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

भीमदत्त नगरपालिका–११ का वडा अध्यक्ष प्रकाश थापाले नदी क्षेत्रमा जाँदा प्रत्येक व्यक्तिले आफ्नै सुरक्षाप्रति सजग र जिम्मेवार बन्न आवश्यक रहेको बताउँदै जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नदीमा नजान सबैलाई आग्रह गरेका छन्।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...