नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द तथा समस्याग्रस्त उद्योगहरू पुनः सञ्चालनमा ल्याउने सरकारको पहलको प्रशंसा गरेका छन्।
प्रचण्डले बिरामी उद्योगलाई सार्वजनिक–निजी साझेदारीलगायतका माध्यमबाट सञ्चालनमा ल्याउने प्रयासले औद्योगिक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका छन्। सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति अघि सारेको जनाएको छ।

