सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रको संरक्षण, प्रवर्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अस्कर अवार्डको ९९औँ संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेको ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ चलचित्रको टोलीसँग मन्त्रालयमा भएको भेटमा मन्त्री तिमिल्सिनाले नेपाली कला, संस्कृति र मौलिक कथावस्तुलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताए।
निर्माता अनुप पौडेललगायत चलचित्र टोलीले नेपाली चलचित्रको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनका लागि सरकारको सहयोग तथा सहकार्यको अपेक्षा राखेका थिए।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ मा चलचित्र क्षेत्रका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान छुट्याइएको जानकारी दिँदै सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको बताए।
अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू’ यसअघि कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भइसकेको छ।

