प्रतिनिधिसभाको बैठक आज बस्दै

Published on

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन, सिंहदरबारमा बस्ने कार्यतालिका रहेको छ। बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि सामान्य छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने तथा सम्झौताका विषयमा संसद्मा छलफल हुने कार्यसूची रहेको छ।

सामुद्रिक क्षेत्रको जैविक विविधताको संरक्षण, दिगो उपयोग तथा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिर रहेका समुद्री स्रोतको व्यवस्थापनसँग सम्बन्धित विषयलाई सम्झौताले समेट्ने भएकाले प्रतिनिधिसभाको छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, बिहीबार नै सङ्घीय संसद्अन्तर्गतका विभिन्न तीन वटा संसदीय समितिको बैठकसमेत बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समितिहरूले आफ्नो कार्यक्षेत्रअन्तर्गतका समसामयिक विषय तथा विभिन्न प्रस्तावमाथि छलफल गर्नेछन्। प्रतिनिधिसभाको बैठकसँगै संसदीय समितिका बैठकहरू पनि सञ्चालन हुने भएकाले बिहीबारको संसदीय गतिविधि व्यस्त रहने भएको छ।

spot_img

ताजा समाचार

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...

उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने

काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा...

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ३९९ पुग्यो, ५ हजार १७९ अझै बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ...

यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत...