अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

Published on

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता र कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ। तीनदिने भ्रमणका लागि बिहीबार भारत प्रस्थान गर्नुभएका अर्थमन्त्री वाग्लेले भ्रमणको पहिलो दिन नै भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भेटवार्तामा नेपाल–भारतबीचको आर्थिक तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो।

भ्रमणको दोस्रो दिन आज बिहान ९ बजे अर्थमन्त्री वाग्ले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ। इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा उहाँले नेपाल–भारत सम्बन्ध तथा आर्थिक सहकार्यका विषयमा आफ्नो धारणा राख्नुहुनेछ।

त्यसैगरी, अर्थमन्त्री वाग्लेले आजै भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटवार्ता साँझ ५ बजेका लागि निर्धारण गरिएको छ। अर्थमन्त्री वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा समेत सहभागी हुनुहुनेछ। भारत मण्डपममा आयोजना हुने कार्यक्रममा नेपाल-भारत आर्थिक सहकार्यका विभिन्न आयाम तथा व्यापारिक सम्बन्धका विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ।

अर्थमन्त्रीको तीनदिने भारत भ्रमणमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नेपाली दूतावास नयाँ दिल्लीका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ। भ्रमणको तेस्रो दिन शनिबार निजी क्षेत्रका प्रतिनिधिसँग भेटघाट तथा अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम सम्पन्न भएपछि अर्थमन्त्री वाग्ले नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबार नै नेपाल फर्कने कार्यक्रम छ।

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...

उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री हुने

काठमाडौँ- काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा...